दफा ९५
विक्षिप्त अभियुक्तलाई छोड्न सक्ने
: हिरासतमा रहेको अभियुक्तको हकमा चिकित्सकको प्रतिवेदनको आधारमा र थुनामा राखिएको अभियुक्तको हकमा पागलखाना वा कारागार प्रमुखले अभियुक्तलाई छुट्कारा दिएमा वा निजले आफ्नै वा अरू कसैको पनि हानि नोक्सानी गर्न सक्दैन भनी प्रमाणित गरिदिएमा रक्षा मन्त्रालयले दफा ९३ बमोजिम हिरासतमा रहेको अभियुक्तलाई छाड्न वा हिरासतमा राख्न वा अघिदेखि नै पागलखानामा राखेको रहेनछ भने पागलखानामा पठाउन सक्नेछ ।